Logo

नयाँ सरकार : ओली प्रधानमन्त्री, बाबुराम अर्थमन्त्री !



काठमाडौं, १ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा अब बन्ने सरकारमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई पनि सहभागी हुने चर्चा सुरु भएको छ ।

ढिलोमा अबको एक हप्ताभित्रै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुँदैछ । ओली नेतृत्वको सरकारमा बाबुराम सहभागी हुन चाहेको खुलासा भएको छ । यो खुलासासँगै नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न भएको छ ।

हुन त बाबुरामले व्यक्तिगत रुपमा यस्तो चाहना अहिलेसम्म ओली वा अन्य एमाले नेताहरुसँग व्यक्त गरेका छैनन् । तर, उनको पार्टीका नेताहरुले ओलीलाई भेटेर यस्तो प्रस्ताव गरेको स्रोतको दाबी छ । हुन त बाबुरामले आफ्नो एक मात्रै चाहना भनेको अब मुलुकलाई समृद्ध बनाउने भनेर सार्वजनिक अभिव्यक्ति समेत दिइसकेका छन् ।

अब स्थायी सरकार बन्ने भएकोले बाबुरामको चाहना ५ वर्षको लागि अर्थमन्त्री बनेर विकास योजनाहरु अघि सार्ने र कार्यान्वयन गर्ने चाहना छ । त्यही भएर होला, उनी निकटका नेताहरुले ओलीलाई बाबुरामको अप्रत्यक्ष रुपमा सन्देश प्रवाह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्