Logo

यादव प्रदेश २ को सभामुखमा निर्विरोध निर्वाचित



महेन्द्रनगर धनुषा, १ फागुन (रासस) : प्रदेश २ को सभामुखमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद सरोजकुमार यादव निर्विरोध निर्वाचित हुनुभएको छ ।

संसद् सचिवालयका सचिव वंशीराज पौडेलले सभामुख पदका लागि यादवको एकल उम्मेदवारी दर्ता भएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएकोे बताउनुभयो ।

यादव सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा भने बुधबार मात्रै हुनेछ ।

सचिव पौडेलले भन्नुभयो, “सभामुखको उम्मेदवारीका लागि तोकिएको आज २ बजेसम्म यादवले मात्र उम्मेदवार दर्ता गराउनुभएको छ अब बुधबार बस्ने प्रदेशसभा बैठकबाट सभामुखको औपचारिक रुपमा उहाँ निर्वाचित भएको घोषणा गरिनेछ ।” बुधबार प्रदेशसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot