Logo

एकताको लागि दुई कार्यदल बनाउने ओली-प्रचण्डबीच सहमति



काठमाडौं, १ फागुन । वाम गठबन्धनका प्रमुख नेताद्धय एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रकका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताको विषयमा आज भएको छलफल सकारात्मक भएको छ ।

ललितपुरको मानभवनस्थित् एक व्यापारीको निवासमा भएको निर्णायक छलफलमा वैचारिक र संगठनात्मक विषयलार्इृ टुँगोमा पुर्याउनको लागि दुई वटा छुट्टाछुट्ै कार्यदल बनाउने सहमति भएको छ ।

त्यस्तै आजको भएको दुई नेताबीचको वार्तामा भोलि दिउँसो २ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाउने र पार्टी एकताको टुंगो लगाउने निर्णय भएको स्रोतको दाबी छ ।

ओली र प्रचण्ड दुबै एकीकृत पार्टीको अध्यक्ष रहने, प्रधानमन्त्री आलोपालो गर्नै र एकतापछि पार्टीका नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने दुई अध्यक्षबीच सोमबार नै सहमति भएको उच्चस्रोतले जनाएका छ ।



प्रतिक्रिया दिनुहोस्