Logo

एक सातामा नयाँ सरकार : माधव नेपाल



चितवन, १ फागुन (रासस) : पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का नेता माधवकुमार नेपालले एक साताभित्र मुलुकले नयाँ सरकार पाउने बताउनुभएको छ ।

प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको समापन समारोहलाई आज भरतपुर महानगरपालिकाको पटिहानीमा सम्बोधन गर्दै उहाँले एमाले र माओवादी केन्द्रको संयुक्त सरकार बन्ने बताउनुभयो ।

दुई पार्टी मिलेर नयाँ पार्टी बन्ने भन्दै उहाँले यसले अरू पार्टीहरुलाई पनि सकारात्मक सन्देश दिने बताउनुभयो । अब देश विकासको बाटोतर्फ जाने भन्दै उहाँले विदेशीहरु पनि नेपालमा लगानी गर्न इच्छुक रहेका छन् भन्नुुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले खेलले एकताको भावना र अनुशासन पालना गर्न सिकाउने भएको भन्दै राष्ट्रका निम्ति खेल गौरव भएको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्