Logo

नेपाली सेनाले मनायो सेना दिवस (फोटोफिचर)



काठमाडौं, १  फागुन । नेपाली सेनाले मंगलबार सेना दिवस मनाएको छ । सैनिकमञ्च टुँडिखेलमा मंगलबार अपराह्न आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी भइन् ।

सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुलीलगायतको पनि सहभागिता रहेको थियो ।

यस्तै, भारतीय सेनाका प्रमुख विपीन रावत पनि विशेष अतिथिकोरुपमा समारोहमा सहभागी भए । सेना दिवसमा पहिलोपटक नेपाली सेना, भारतीय सेनामा कार्यरत् गोर्खा रेजिमेन्ट र बेलायती सेनाको ब्रिगेड अफ गोर्खा ब्यान्डले संयुक्तरुपमा प्रदर्शनी गरेका थिए ।

नेपाली सेनाद्वारा महाशिवरात्री बढाइँ तथा कवाज मार्चपाससमेत प्रस्तुत् गरिएको थियो । यस्तै, सशस्त्र कला, खुकुरी मार्सल आर्ट र आतिसबाजी पनि प्रस्तुत् गरियो ।

यसैगरी, नेपाली सेनाको कथागाथामा आधारित सांगीतमय नाटक पनि प्रस्तुत् गरिएको थियो ।यसअघि, प्रधानसेनापति राजेन्द्र क्षत्रीले जगदल गण २ र ३, गोरखकाली गुल्मलाई निशान छाप र दुर्गा बक्स गणलाई ब्यानर प्रदान गरेका थिए ।

नेपाली सेनाको संगठित स्वरूपको निर्माण पृथ्वीनारायण शाहको पालामा विक्रम संवत् १८१९ सालदेखि भएको हो ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्