जनकपुर, फाल्गुन २। प्रदेश २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका लालबाबु राउतलाई नियुक्त गरिएको छ । प्रदेश प्रमुख रतनेश्वरलाल कायस्थले फोरमका संसदीय दलका नेता राउतलाई मुख्यमन्त्रीको नियुक्तको पत्र दिएका छन् ।
कायस्थले मन्त्रिपिरषद विस्तारका लागि समेत राउत पत्र दिएका छन् । यो सँगै मन्त्रिपरिषदको लागि बाटो खुलेको छ ।