Logo

आज भ्यालेन्टाइन डे, काठमाडौंमा जे देखियो (फोटोफिचर)



काठमाडौं, २ फाल्गुन । आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यो दिनमा प्रेमजोडीले उपहार आदान प्रदान गर्दै माया साटासाट गर्छन् । आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि युवायुवतीले भ्यालेन्टाइन डेलाई उपयोग गर्छन् ।

पछिल्लो समय नेपालमा प्रणय दिवस मनाउने प्रचलन बढेको छ । उपहार र फुल बिक्री गर्ने पसल (गिफ्ट एण्ड फ्लावर सप) मा बुधबार बिहानैदेखि भिड बढेको देखियो ।

आजको दिनमा रातो गुला सबैभन्दा बढी बिक्री हुने पसल धनीहरू बताउँछन् । गुलावसँग अनेकन उपहार र मायाँका चित्र एवं सन्देश अंकित कार्डहरू पनि आज निकै बिक्री हुन्छन् ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्