Logo

एकता संयोजन समितिको बैठक सुरु, पार्टी एकताबारे निष्कर्ष निकालिने



फागुन २, काठमाण्डौ । नेकपा एमाले र माओवादीबिच एकता गर्नका लागि बनाइर्एको पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ ।

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसहितको बैठकमा एमालेका तर्फबाट माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेल, बामदेव गौतमलगायत उपस्थित छन् ।

माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायतका नेताहरु उपस्थित छन् ।
आजको बैठकले पार्टी एकताबारे अन्तिम टुङ्गो लगाउने अनुमान गरिएको छ । यद्यपी एकताको अन्तिम मोडालिटीका बारेमा नै छलफल बाँकी रहेको नेताहरुले बताएका छन् ।

माओवादीले भनेजस्तो एकताको खाका तयार भएमा एमाले अध्यक्ष ओलीलाई प्रधानन्त्रीको रुपमा प्रस्ताव गर्न माओवादी सहमत हुने छ ।
एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय एमालेले गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्