Logo

मानभवनको यो घर, जहाँबाट हुँदैछ एमाले-माओवादी एकता



काठमाडौं, २ फागुन । वाम गठबन्धनमा आवद्ध दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच आजै एकताको अन्तिम खाका सार्वजनिक हुँदैछ । रोचक त के भने दुई पार्टीवीचको एकता प्रयास ललितपुरको मानभवनस्थित् एउटा नीजी व्यवसायीको घरमा भैरहेको थियो । जहाँ दुई पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच धेरै पटक वान टु वान भेटवार्ता भएका थिए ।

आज विहान पनि उनीहरुवीच एक्लाएक्लै भेटवार्ता भएको थियो । संयोग कस्तो भने यो घर प्रचण्ड निकट मानिने व्यवसायी शारदाप्रसाद अधिकारीको हो । जहाँ दुई पार्टीवीचको एकतालाई निश्कर्षमा पुर्याउन दर्जनौं पटक भेटवार्ता भएका थिए ।

नुवाकोट चोकते मुलघर भएका निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको घर हो यो । शैलुङ कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर रहेका अधिकारी माओवादी अध्यक्ष पुष्पकमल दाहालका असाध्यै नजिकका मानिन्छन् ।

प्रचण्ड र ओलीवीचको एकतामा नेतृत्व लगायत एकीकृत पार्टीले लिने नीतिबारे समेत मोटामोटी सहमति भएको थियो । त्यसपछि एमालेले त्यही घरमा आकस्मिक स्थायी समितिको बैठक समेत बसेको थियो । सो बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो ।

पार्टी एकता र सरकार निर्माणबारे निर्णय लिन बसेको एमाले बैठकले पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्ने समेत निर्णय गरेको स्रोतको दाबी छ । अन्य प्राविधिक विषयबारे निर्णय लिन कार्यदल बनाउने निर्णय समेत एमालेले गरेको छ। एमाले अध्यक्ष केपी ओलीले छलफलको लागि भन्दै आकस्मिक स्थायी कमिटी बैठक बोलाएका थिए।



प्रतिक्रिया दिनुहोस्