Logo

निर्णायक वार्तामा ईन्ट्री गर्दै धमलाले भने‘आज प्रणय दिवस हो, ओली–प्रचण्डको प्रेम एकतामा परिणत होस्’ नेताले खुवाए बिस्कुट



काठमाडौं, २ फागुन । एमाले–माओवादी एकता टुँग्याउने निर्णायक वार्ता सुरु हुनुभन्दा अघि पत्रकार ऋषि धमला सो बैठक कोठामा प्रवेश गरेसँगै धमला र वाम गठबन्धनका शीर्ष नेताहरुवीच रोचक कुराकानी भएको छ ।

बैठक कोठामा धमला प्रवेश गरेसँगै माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सुरुमै सोधि हाले,‘धमलाजी जनता जान्न चाहाँन्छन्, एमाले र माओवादीवीच एकता हुन्छ कि हुँदैन् ?’ धमलाले पनि रोमान्टिक मुडमा प्रस्तुत हुँदै भनिहाले,‘होस् भनेर नै म पनि यहाँ आएको हुँ, आजको दिन खास दिन हो, आज भ्यालेन्टाईन डे पनि हो, प्रणय दिवसमा ओली र प्रचण्डवीच एकता होस्, मेरो शुभकामना छ।’

धमलाले प्रणय दिवसको प्रसँग निकालेपछि प्रचण्डले मुसुक्क हाँस्दै भने,‘लौ, आज त खास दिन रहेछ, मलाई त थाहा थिएन्, तर जे होस् धमलाजी हाम्रो वार्ता सकारात्मक छ, आज एकता टुँगोमा पुर्याउँछौं ।

त्यतिमात्रै होईन नारायणकाजीको जनता जान्न चाहन्छन् ? बैठक के हुन्छ ? भन्ने प्रश्नमा एमाले महासचिव ईश्वर पोखरेलले पनि जवाफ दिएका थिए । उनले भनेका थिए,‘बैठक सफल हुन्छ ।’

पोखरेलको यस्तो जवाफ आएपछि बैठकमा उपस्थिति नेताहरुवीच हाँसोको फोहोरा छुटेको थियो । एक नेता भन्दै थिए,‘हो, धमलाजी तपाईले भनेजस्तै आज दुई जनाको प्रेम सफल हुने दिन हो, प्रेम निश्कर्षमा पुगिसक्यो ।’

ओली–प्रचण्डको प्रेम निश्कर्षमा पुगेको बताउँदै गर्दा एमाले उपाध्यक्ष वामदेव गौतम भने मुसुक्क हाँसेका थिए । एमाले उपमहासचिव विष्णु पौडेलले पत्रकार धमलालाई आजको दिन सफल दिन हुने भन्दै यो खुशीयालीमा विष्कुट खानुहोस् भन्दै आग्रह गरेका थिए ।

अहिले एकता संयोजन समितिको बैठक जारी छ । आज विहान पनि उनीहरुवीच एक्लाएक्लै भेटवार्ता भएको थियो । संयोग कस्तो भने यो घर प्रचण्ड निकट मानिने व्यवसायी शारदाप्रसाद अधिकारीको हो । जहाँ दुई पार्टीवीचको एकतालाई निश्कर्षमा पुर्याउन दर्जनौं पटक भेटवार्ता भएका थिए । प्रचण्ड र ओलीवीचको एकतामा नेतृत्व लगायत एकीकृत पार्टीले लिने नीतिबारे समेत मोटामोटी सहमति भएको थियो । त्यसपछि एमालेले त्यही घरमा आकस्मिक स्थायी समितिको बैठक समेत बसेको थियो । सो बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो ।

वाम गठबन्धनमा आवद्ध दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच आजै एकताको अन्तिम खाका सार्वजनिक हुँदैछ । रोचक त के भने दुई पार्टीवीचको एकता प्रयास ललितपुरको मानभवनस्थित् एउटा नीजी व्यवसायीको घरमा भैरहेको थियो । जहाँ दुई पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच धेरै पटक वान टु वान भेटवार्ता भएका थिए ।

आज विहान पनि उनीहरुवीच एक्लाएक्लै भेटवार्ता भएको थियो । संयोग कस्तो भने यो घर प्रचण्ड निकट मानिने व्यवसायी शारदाप्रसाद अधिकारीको हो । जहाँ दुई पार्टीवीचको एकतालाई निश्कर्षमा पुर्याउन दर्जनौं पटक भेटवार्ता भएका थिए । प्रचण्ड र ओलीवीचको एकतामा नेतृत्व लगायत एकीकृत पार्टीले लिने नीतिबारे समेत मोटामोटी सहमति भएको थियो । त्यसपछि एमालेले त्यही घरमा आकस्मिक स्थायी समितिको बैठक समेत बसेको थियो । सो बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो ।

पार्टी एकता र सरकार निर्माणबारे निर्णय लिन बसेको एमाले बैठकले पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्ने समेत निर्णय गरेको स्रोतको दाबी छ । अन्य प्राविधिक विषयबारे निर्णय लिन कार्यदल बनाउने निर्णय समेत एमालेले गरेको छ। एमाले अध्यक्ष केपी ओलीले छलफलको लागि भन्दै आकस्मिक स्थायी कमिटी बैठक बोलाएका थिए।



प्रतिक्रिया दिनुहोस्