काठमाडौं, २ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम मतपरिणाम आज साँझ ८ बजे नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ।
चुनाव भएको ७० दिनपछि आयोगले अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाउन लागेको हो।आयोगले दलहरुलाई समानुपातिकको सूची सच्याउन आज साँझ पाँच बजेसम्मको समय दिएको थियो।
‘सबै दलको सूची आइसकेको छ, हामी प्रतिवेदन बनाउँदै छौं, राति ८ बजेसम्म राष्ट्रपतिलाई अन्तिम मतपरिणाम बुझाउने तयारी छ,’ प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले ऋषि धमलासँग भने ।