Logo

संयोजन समिति बैठक जारी : एकताबारे टुँगो लगाउने रावलको दावी



काठमाडौँ, २ फागुन  : नेकपा एमाले उपाध्यक्ष भीमबहादुर रावलले नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीचको एकता संयोजन समितिको बैठकले संगठनात्मक, राजनीतिक र व्यावहारिक पक्षको टँंगो लगाउने बताउनुभएको छ ।

ललितपुरको मानभवनस्थित एक घरमा पार्टी एकता संयोजन समितिको बैठक चलिरहेका बेला सञ्चारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष रावलले एकताका विविध पक्षमा छलफल भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुई अध्यक्ष समान समान हैसियतमा रहँदा आउन सक्ने कानुनी एवं व्यावहारिक जटिलताका विषयमा छलफल भइरहेको छ ।” यसअघि एमाले र माओवादी केन्द्रले आ–आफ्नो पार्टीले पार्टी एकताका विषयमा छलफल गरेका थिए ।

त्यसलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टु वान’ बैठकपछि पार्टी एकता संयोजन समितिको बैठक बसेको हो



प्रतिक्रिया दिनुहोस्