Logo

माओवादी केन्द्रले आज मन्त्री नपठाउने



काठमाडौं, ३  फागुन। केपी शर्मा ओलीको सरकारमा नेकपा माओवादी केन्द्रले आज मन्त्री नपठाउने भएको छ। माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई पार्टी एकताको विषय टुङ्गोमा नपुगेकाले तत्कालै सरकारमा मन्त्री नपठाउने जानकारी दिए ।

माओवादी केन्द्रको समर्थनमा ओली प्रधानमन्त्री नियुक्त भएका हुन्। नवनियुक्त प्रधानमन्त्री ओलीले ४ बजे प्रधानमन्त्रीको सपथ लिदैँछन्। सपथलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने ओलीको तयारी छ।



प्रतिक्रिया दिनुहोस्