Logo

प्रधानमन्त्री ओलीको अन्तिम प्राथमिकतामा विकास र सुशासन



फागुन ४, काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री कपी ओलीका लागि तत्काल सरकार संचालनभन्दा पनि वाम एकतालाई प्राथमिकता दिनुपर्ने बाध्यता छ ।

नयाँ सरकार गठन अघि नै एमाले र माओवादीबिच पार्टी एकता हुने भनिएपछि विवाद र छलफल टुङ्गो नलाग्दा चुनाव सकिएको झण्डै साँढे दुई महिनासम्म कुनै निष्कर्ष निस्किएन ।

एकता गर्ने भन्दाभन्दै सरकार गठनको दिन आयो । ओली प्रधानमन्त्रीमा नियुक्त भए, सपथ लिए । कार्यभार पनि सम्हाले । अब सरकार संचालनमा ध्यान दिनुपर्ने बेला माओवादीलाई खुशी बनाएर एकता प्रक्रिया टुङ्गोमा पुर्याउनुपर्ने चुनौति ओलीमाथि छ ।

ओलीको दोस्रो प्राथमिकतामा मन्त्रीमण्डल विस्तार गर्नुपर्ने छ । पार्टी एकताको स्पष्ट खाका नबनेसम्म सरकारमा नजाने संकेत माओवादीले दिइसकेको छ । यस्तो अवस्थामा मन्त्रीमण्डल विस्तार र पार्टी एकता प्रक्रियाबिच गहिरो सम्बन्ध देखिन्छ ।

पार्टी एकतासँग जोडिएको अर्को प्राथमिकता सार्वजनिक पदको भागबण्डा रहेको छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख कसकसलाई बनाउने भन्ने कुरा पनि एमाले र माओवादीबिचको सहमतिम भर पर्छ । यि पदहरुको भागबण्डाले पनि ओलीलाई व्यस्त बनाउने निश्चित छ ।

पहिलो प्राथमिकतामा पर्नुपर्ने तर दुई दलबिचको एकता र भागबण्डाका कारण अन्तिम प्राथमिकतामा परेको विषय हो देशको विकास ।
जनताको चाहनाका आधारमा आर्थिक विकास र शुसाशन पहिलो प्राथमिकतामा पर्नुपर्ने हो ।

तर तत्कालका लागि प्रधानमन्त्री ओलीले सत्ता संचालनको खाका तयार गर्न मुस्कील देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्