Logo

प्रचण्डद्वारा “जनयुद्दका दुई दशक” तस्वीर प्रदर्शनीको उदघाटन



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्द र शान्ति प्रक्रियासँग सम्बन्धित तस्वीर प्रदर्शनीको उद्घाटन गर्नु भएको छ ।

दिवंगत प्रकाश दाहालको स्मृतिमा नेपाल सांस्कृतिक संग्रहालयले नेपाल आर्ट काउन्सिल बबरमहलमा आयोजना गरेको प्रदर्शनीको पानसमा बत्ती बालेर अध्यक्षले उद्घाटन गर्नु भएको थियो ।

नेकपा (माओवादी) ले जनयुद्दको तयारी चरण, शुरुआत गरेको समय र त्यसपछि जनयुद्दका मुख्य मुख्य घटनाहरु, छापामारहरुको जीवन, युद्दकालका अन्य घटनासँग सम्बन्धित तस्वीर र शान्ति प्रक्रियासँग जोडिएका घटनाका तस्वीर प्रदर्शनीमा राखिएका छन् ।

कार्यक्रमको उदघाटन अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै अध्यक्ष प्रचण्डले नेपाली समाज र राजनीति अहिलेको अवस्थासम्म आइपुग्नुमा, संघीयता, लोकतन्त्र र समावेशी संविधान निर्माणदेखि कार्यान्वयनको चरणसम्म देशलाई ल्याई पुर्याउनुमा निर्णायक भूमिका खेलेको जनयुद्द र त्यसका पात्रहरुलाई झल्काउने गरी प्रदर्शनी आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्