Logo

एमालेसँग प्याकेजमै सहमति गरेर सरकारमा जान्छौं : प्रचण्ड



काठमाडौं, ४ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग राष्ट्रपति, मन्त्रीदेखि ठूला नियुक्तिमा प्याकेजमै समझदारी गरेर सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् ।

शुक्रबार काठमाडौंको नेपाल पुलिस क्लबमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने,‘पार्टी एकतामा ठूलो समस्या आएको होइन, हामी आन्तरिक छलफलमै छौं, राष्ट्रपति, मन्त्री र ठूला नियुक्ति र सरकारका काम सम्बन्धी विषयमा एकैचोटी समझदारी बनाएर दृढताका साथ अगाडि बढ्छौं ।’

पार्टी एकतामा सकारात्मक कुरा भइरहेको बताउँदै भने,‘प्रचण्डले वाम गठबन्धनले ७० वर्षपछि राजनीतिक स्थायित्व, समृद्धि, सुधार र समाजवादको यात्रा तय गरेको छ, एमाले र माओवादीवीचको एकताले चाँडै सार्थकता पाउँछ।’

तस्विर :मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्