Logo

ओली-प्रचण्डबीच भएकै सहमति अनुसार एकता हुने, (जबज र माओवाद) एकता महाधिवेशनसम्म सँगसँगै लैजाने



काठमाडौं, ४ साउन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीचको एकता दुवै पार्टीका अध्यक्षवीच बुधबारको वान टु वान भेटवार्तामा जे सहमति भएको थियो त्यही अनुसार नै टुँगो लाग्ने भएको छ ।

एकतापछि पार्टीले के नीति लिने भन्नेबारेमा विवाद उत्पन्न भएपछि एकता प्रक्रियामा केही अलमल उत्पन्न भएपनि अब त्यसबारेमा दुवै पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमति गरेबमोजिम नै अघि बढ्ने बुझिएको छ ।

एमाले सचिव प्रदीप ज्ञवालीले पत्रकार ऋषि धमलासँग कुरा गर्दै भने,‘दुवै अध्यक्षवीच भएको सहमति अनुसार नै पार्टीले लिने विचार जबज र माओवादलाई एकता महाधिवेशनसम्म सँगै लिएर जाने र महाधिवेशनले जे निर्णय गर्छ त्यही मान्नेबारे सहमति भएको छ, अब हामी यही सहमति अनुसार नै अघि बढ्छौं, यसमा कुनै दुईमत छैन् ।’

बुधबार ललितपुरको एक नीजी घरमा बसेको एकता संयोजन समितिको बैठकमा एमाले नेताहरुले जबजलाई नै मुल नीति बनाउनुपर्ने अडान लिएपछि एकताबारे ठोस निर्णय हुन सकेको थिएन् । त्यसको असर माओवादी केन्द्र सरकारमा सहभागी नहुनुले देखाईसकेको छ । तर, यो बीचमा दुवै अध्यक्ष ओली र प्रचण्डबीच भद्र सहमति बनेको छ ।

ओलीले मुलुकको ४१ औं प्रधानमन्त्रीको रुपमा हिजोबाट नै जिम्मेवारी सम्हालिसकेका छन् । तर, उनलाई समर्थन गरेको माओवादी केन्द्रले भने तत्काल आफ्नो पार्टीका तर्फबाट सरकारमा मन्त्री पठाउन आनाकानी गरिरहेको छ । आजमात्रै प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति लगायत मन्त्रीमा समेत प्याकेजमै सहमति भएर सरकारमा सहभागी जनाउने प्रतिबद्धतता जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्