Logo

शिक्षाको सर्वसुलभतामा राष्ट्रपतिको जोड



गुल्मी, ४ फागुन (रासस) :  राष्ट्रपति विद्यादेवी भण्डारीले समाज रुपान्तरणका लागि शिक्षालाई सर्वसुलभ बनाउनुपर्ने बताउनुभएको छ ।

मुुसीकोट नगरपालिका–६ कुर्घास्थित त्रिभुवन माविको स्वर्णमहोत्सवको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “समाजमा रहेको विसंगतिको जरो उखेल्ने काम नै शिक्षाले गरेको छ, यसको सर्वसुलभता गर्ने दायित्व राज्यको हो ।”

सो अवसरमा प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य गोकर्णराज विष्टले विद्यालयको चौतर्फी विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।

विद्यालयले आफ्नो स्थापनाकालको ५० वर्ष पुगेको अवसरमा यही फागुन ३ देखि ८ गतेसम्म स्वर्ण महोत्सव मनाउँदैछ । कार्यक्रममा प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य प्रदीपकुमार ज्ञवाली, सोमप्रसाद पाण्डेय तथा मैना भण्डारी पनि सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रपति भण्डारीले आज नै रुरु गाउँपालिकास्थित रुरु संस्कृत तथा साधारण माविको शतवार्षिक समारोहलाई पनि सम्बोधन गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्