Logo

एकता संयोजन समितिको बैठक भोलि



काठमाडौं, ५ फागुन । नेकपा एमाले र नेकपा माओबादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक भोलि आईतबार बस्ने भएको छ ।

प्रधानमन्त्री एबम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रम ओलीको निजी निवास बालकोटमा शनिबार बिहान भएको छलफलपछि भोलि आईतबार एकता संयोजन समितिको बैठक बोलाइएको हो ।

यसअघि आज बिहान दुबै अध्यक्षबीच भएको छलफलमा पार्टी एकतालाई कसरी निष्कर्षमा पुर्याउने भन्ने विषयमा छलफल भएको  थियो ।



प्रतिक्रिया दिनुहोस्