Logo

रोजर फेडररको नाममा अर्को कीर्तिमान



काठमाडौं, ५ फागुन । स्विस टेनिस खेलाडी रोजर फेडररले टेनिस इतिहासमा अर्को कीर्तिमान बनाएका छन् ।नेदरल्याण्ड्सको रोटेरडम टेनिसको सेमिफाइनलमा पुग्दै फेडरर विश्व वरियताको शीर्ष स्थानमा उक्लने सबै भन्दा बढी उमेरको खेलाडी बनेका छन ।

रोटेरडममा भएको खेलमा फेडररले घरेलु खेलाडी रोविन हासेलाई दुई एकको सेटमा पराजित गर्दै सेमिफाइलनमा स्थान बनाए ।

वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको उपाधि जित्दै करियरमा २०औँ ग्राण्डस्लाम हात पारेका फेडरर पुनः २०१२ पछि टेनिस वरियताको पहिलो नम्बरमा उक्लिएका छन ।

साथै उनले सबैभन्दा बढी उमेरमा टेनिस वरियताको शीर्ष स्थानमा उक्लने कीर्तिमान पनि बनाएका छन । फेडरर ३६ वर्ष एक सय ९५ दिनमा टेनिस वरियताको पहिलो स्थानमा उक्लेका हुन ।

यसअघि अमेरीकी पूर्व खेलाडी आन्द्रे आगासी २००३ मा ३३ वर्षको उमेरमा हुँदा विश्व वरियताको शीर्ष स्थानमा रहेका थिए । फेडररले २०१६ मा हुँदा चोटका कारण ६ महिना मैदानबाहिर रहेका थिए । त्यसपछि उनले पाँचमध्ये ३ वटा ग्राण्डस्लामको उपाधि जितेका थिए ।एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्