Logo

एकता अलमलमा : राष्ट्रपति र सभामुख माओवादीले माँग्यो



काठमाडौं, ५ फागुन । नेकपा एमाले र माओवादी केन्द्रवीचको पार्टी एकता अन्तिममा आएर पावर शेयररिंगमा आएर अड्किएको छ ।

सूत्रहरुले दिएको जानकारी अनुसार माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी तत्काल सरकारमा जान नसक्ने अडान प्रधानमन्त्री समेत रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आजको वान-टु-वान वार्तामा यही कुरा दोहोर्याएका थिए ।

एकीकृत पार्टीले के नीति लिने भन्नेबारे विवाद देखिएपनि अन्तिममा आएर प्रचण्डले राष्ट्रपति र सभामुखजस्ता महत्वपूर्ण पद आफूहरुले पाउनुपर्ने अडान ओलीसँग दोहोर्याए ।

एकतापछि दुवै नेता सह अध्यक्ष बस्ने र प्रधानमन्त्री पनि आलोपालो चलाउने सहमति हुने बुझिएको थियो । तर, एकीकृत पार्टीृले लिने नीति जबज हुने कि माओवाद के हुने भन्ने विवादले एकता प्रक्रिया नै अलमलमा परेको छ ।



प्रतिक्रिया दिनुहोस्