Logo

‘नारायणगढ–मुग्लिन सडकखण्डको म्याद थपिँदैन’ : मन्त्री जमरकट्टेल



धादिङ, ६ फागुन (रासस) : प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले नारायणगढ–मुग्लिन सडकखण्डको करार अवधि अब नथपिने बताउनुभएको छ । तेस्रो पटक थपिएको म्याद यही फागुन ८ गते समाप्त हुँदैछ ।

प्रेस सेन्टर धादिङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयको कामसमेत गर्दै आउनुभएको मन्त्री जमरकट्टेलले श्रमजीवी पत्रकारको उचित पारिश्रमिकको व्यवस्था र मिडिया मैत्री कानूनको निर्माणसमेत गरिने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्