Logo

संविधान संशोधन नभएसम्म सरकारमा सहभागी हुँदैनौं : लाल



काठमाडौं, ६ फागुन । राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले संविधान संशोधन नभएसम्म आफूहरु सरकारमा सहभागी नहुने स्पष्ट पारे ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘संविधान संशोधन तत्काल हुनुपर्छ, अहिलेको जनमत पनि त्यही हो, जबसम्म संशोधन हुँदैन तबसम्म हामी सरकारमा जाने सवाल छैन्।’

नेता लालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको जनादेशलाई सम्मान गर्नुपर्नेमा जोड दिए । उनले भने,‘हामी सरकारमा जाँदैजाँदैनौं भन्ने कुरा होईन, सरकारमा जाने भन्ने कुरा त एउटा विचार, मत एउटै भएर जाने हो नि।’ उनले संविधान संशोधनबारे संसदमा आवाज उठाउने सुनाए ।



प्रतिक्रिया दिनुहोस्