Logo

ईश्वर पोखरेल उपप्रधानमन्त्री एवम् अर्थमन्त्री बन्ने, अरु को–को जाने भए ?



काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रबाट महासचिव ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेर सरकारमा ल्याउने भएका छन् ।

पोखरेलसँगै सचिव प्रदिप ज्ञवालीपनि सरकारमा जाने भएका छन् । ज्ञवाली परराष्ट्र वा सञ्चारमध्ये एक मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरि सहभागी हुँदैछन् ।
२ नम्बर प्रदेशबाट एमाले पोलिटब्युरो सदस्य रघुवीर महासेठ पनि सहभागी हुने भएका छन् ।

सचिव योगेश भट्टराईपनि सहभागी हुने चर्चा छ । त्यस्तै महिलाबाट पद्मा अर्यालको पनि नाम चर्चामा छ ।



प्रतिक्रिया दिनुहोस्