Logo

पूर्वराजा ज्ञानेन्द्र भन्छन् : २०६३ बैशाख ११ पछि भएको राजनीतिक परिवर्तनको समीक्षा गर्ने बेला आएको छ



काठमाडौं, ६ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले निर्वाचन गर्नु मात्र प्रजातन्त्र नभएको भन्दै २०६३ बैशाख ११ पछि भएको राजनीतिक परिवर्तनको समीक्षा गर्ने बेला आएको बताएका छन् ।

प्रजातन्त्र दिवसको अवसर शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले प्रजातन्त्रलाई संस्थागत गर्ने वा समस्या समाधान खोज्ने क्रममा भएका सहमति, समझदारीमा देशको गौरव बढाउने विषयले प्रथमिकता नपाएको गुनासो गरेका छन् ।

उनले भनेका छन्,” प्रजातन्त्र भनेको निर्वाचाहरुको आयोजना मात्र होभन्ने भ्रम राखिनु हुँदैन । देशको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकतालाई सबल तुल्याउँदै जाताको सर्वोपरी हितलाई केन्द्रमा राखेर व्यवहार गर्ने व्यवस्था मात्र प्रजातान्त्रिक हुनसक्छ ।’

११ वैशाख २०६३ मा भएको राजनीतिक परिर्वतन पछिको दशकमा देश र जनताको हितप्रति संवेदशीलता एवं जिम्मेवार व्यवहार प्रस्तुत भइरहेको छ या अझै केन्दि्रत सोचको पासमा देशको राजनीति अल्भिmएको छ ? समीक्षा गर्नुपर्ने उनले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्