Logo

रियाल मड्रिडले रियाल बेटिसलाई हरायो



काठमाडौं, ७ फागुन । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले रियाल बेटिसलाई ५-३ ले हराएको छ ।गएराति रियाल बेटिसको मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन मार्को एसेन्सियोले दुई गोल गरे ।

यसैगरी सर्जियो रामोस, क्रिस्चियानो रोनाल्डो र करिम बेन्जमाले एक–एक गोल गरे ।पराजित टोली रियाल बेटिसका मान्डी र लियोनले एक–एक गोल गर्दा रियाल मड्रिडकै नाचोले एक आत्माघाती गोल गरेका थिए ।

ला लिगाअन्तर्गत गएराति भएका अन्य खेलमा एथ्लेटिको मड्रिडले एथ्लेटिक बिल्बाओलाई २-० ले हराउँदा रियाल सोसीडाडले लेभान्तेलाई ३-० ले पराजित गर्‍यो ।

ईस्पानियोल र भियारियालले भने एक–एक गोलको बराबरी खेलेका छन् । गएरातिका खेलपछि ला लिगाको अंक तालिकामा रियाल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दुरी घटाएर १७ अंकमा सिमित गरेको छ ।

लिगमा २३ खेलबाट ४५ अंक जोडेको रियाल मड्रिड चौथो स्थानमा छ भने एक खेल बढी खेलेको बार्सिलोना ६२ अंकसहित शीर्ष स्थानमा छ । ५५ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा तथा ४६ अंकको साथ भ्यालेन्सिया तेस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्