Logo

ब्राजिलमा एउटै खेलमा १० वटा रातो कार्डको कीर्तिमान



काठमाडौं, ७ फागुन । ब्राजिलमा एउटै फुटबल खेलमा १० वटा रातो कार्डको कीर्तिमान बनेको छ । काठमाडौं, फागुन ७ । ब्राजिलमा एउटै फुटबल खेलमा १० वटा रातो कार्डको कीर्तिमान बनेको छ ।

बाहिया स्टेट च्याम्पियनसीप फुटबल प्रतियोगिताका क्रममा बाहिया र भिटोरिया क्लबबीचको खेलमा १० रातो कार्ड देखाइएको हो । १० वटा रातोकार्ड देखाइएपछि रेफ्रीले खेल स्थगित गरेका छन् । तर यो खेलमा बाहियालाई ३-० को जित दिन सकिने सम्भावना प्रबल छ ।

खेलको पहिलो हाफमा घरेलु टोली भिटोरियाले १-० को अग्रता लियो । दोस्रो हाफमा पाहुना टोलीले पाएको पेनाल्टीलाई गोलमा बदलेपछि तनाव सुरु भयो ।

दुबै टोलीका खेलाडीले मुक्का बर्साउन थालेपछि ८ खेलाडीलाई रातो कार्ड देखाईयो । पछि थप दुई खेलाडीले रातो कार्ड पाएपछि रेफ्रीले खेल रोकेका हुन् ।

खेलका क्रममा दुबै टोलीका ५/५ खेलाडीले रातो कार्ड पाएका थिए । अन्य ८ खेलाडीलाई भने पहेंलो कार्ड देखाइएको थियो ।



प्रतिक्रिया दिनुहोस्