Logo

दमकल प्रयोगमा सकस बन्दै उपत्यका, अस्तव्यस्त शहरीकरण अझै रोकिएन



फागुन ७, काठमाण्डौ । अव्यवस्थित शहरीकररणका कारण काठमाडौंको जनजीवन अस्तव्यवस्त छ । बाक्लो बस्ती र साँघुरो गल्लीका कारण कुनै प्रकृति प्रकोप तथा दुर्घटना हुँदा यहाँ ज्यान जोगाउनै मुस्किल छ । बेलाबेलामा हुने आगलागिका घटनाले भौतिक क्षतिका साथै मानवीय क्षतिसमेत पुर्याउने गरेको छ ।

अव्यवस्थित वस्ती विस्तार हुँदै जाँदा काठमाण्डौ उपत्यकामा धेरै किसिमका खतरा पनि बढ्दै गएका छन् । योजनाबिना बनाइएका वस्ती र घरहरुका कारण घटना दुर्घटना बढ्दै गएको छ । जसले करोडौँको सम्पत्ति नष्ट हुने गरेको छ ।

गत शनिबार बिहान साढे ३ बजेतिर काठमाडौं महानगरपालिका वडा नम्बर १२ स्थित लगन टोलमा आगलागि भयो । आगलागीमा परी ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भयो भने श्रेष्ठका छोरा घाइते भए । श्रेष्ठको परिवार अमृतलाल रञ्जितको पूरै घर भाडामा लिएर वस्दै आएको थियो । रञ्जितको घरबाट सल्किएको ओगोले नारायण महर्जनको घरसमेत जलेर नष्ट भयो ।

आगलागी नियन्त्रण गर्न सुरक्षाकर्मी र वारुण यन्त्रणको टोलीलाई करिब ४ घण्टा लाग्यो । उपत्यकामा अव्यवस्थित रुपमा बनेका पूर्वाधार र बाक्लो बस्तीले यस्ता घटना हुँदा समस्या हुने गरेको छ । साँधुरा गल्लीका कारण दमकल जान नसक्नु र पानीकोसमेत अभावले आगलागीका घटनाले धेरै क्षती हुनेगरेको छ । उपत्यकामा खुल्ला स्थानहरु नहुँदा प्राकृतिक विपत्तिहरु आइलाग्यो भने पनि भाग्न तथा बस्न समस्या हुने गरेको छ ।

काठमाडौ महानगरले स्थानीय जनता, वडा तथा विभिन्न संघ सस्थासँग समन्वय गरेर व्यवस्थित सहरीकरणको योजना बनाइ कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिएको छ । प्राकृतिक विपत्तिहरुलाई रोक्न सकिन्न तर त्यसको क्षति न्यूनीकरण गर्नका लागि पूर्व तयारी अपनाउन भने सकिन्छ । कतिपय आगलागिको घटनाकाबारे दमकललाई समयमा नै खबर गर्दा समेत आगलागि नियन्त्रण हुन सकेका छैनन् । यसको मुल कारण आगलागिस्थलमा दमकल जाने बाटोसमेत नभएर हो ।

काठमाडौंमा दिनहुँ कतै न कतै सना–ठूला आगलागीका घटना भइरहन्छन् । महानगर क्षेत्रमा वार्षिक औषतमा दुई सय ५० भन्दा बढी आगलागी हुने गरेका छन् । काठमाडौं उपत्यकामा दिनप्रतिदिन जनघनत्व बढ्दो छ । उपत्यकाको अनुमानित जनसख्या ४० लाख नाघिसकेको छ । तीन जिल्ला रहेको काठमाडौं उपत्यकामा अग्नि नियन्त्रणका लागि प्रयोग हुने दमकल मात्र ७ वटा छन् ।

काठमाडौं महानगरसँग चार, ललितपुर महानगरसँग दुई र भक्तपुर उपमहानगरपालिकासँग एउटा दमकल छ । अग्नि नियन्त्रणमा खटिने दक्ष जनशक्तिसमेत मात्र ५० जना रहेका छन् । काठमाडौंमा बनेका अव्यवस्थित संरचनालाई व्यवस्थित बनाउँन र आश्यक पूर्वाधारको विकास गर्न सरोकारवाल निकाय सचेत हुन जरुरी छ । यसो गर्न सकियो भने आगलागिका कारण हुने करोडौँको भौतिक सम्पत्ति नष्ट हुनबाट जोगाउन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्