Logo

एमाले–माओवादी एकता : लिखित प्रतिबद्धता आउने



काठमाडौं, ७ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच एकता घोषणा गर्नेगरि आज वन भोलिभित्रै लिखित प्रतिबद्धता आउने भएको छ ।

स्रोतका अनुसार दुवै पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच हिजो भएको वान–टु–वान भेटवार्तामा एकीकृत पार्टीको नीति जबज र २१ औं शताब्दीको जनवादलाई आगामी महाधिवेशनसम्म लैजानेगरि सहमति भएको छ । महाधिवेशनले जे निर्णय गर्छ त्यसलाई मान्न दुवै पार्टीका नेताहरु तयार रहेको खुलासा भएको छ ।

त्यस्तै उनीहरुवीच सरकारमा दुवै पार्टीका नेताहरुलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे पनि सैद्धान्तिक छलफल भएको छ । स्रोतका अनुसार राष्ट्रपतिमा विद्या भण्डारीलाई निरन्तरता दिने प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको चाहना छ । उनले यसबारेमा प्रचण्डलाई समेत कन्भिन्स गरिसकेका छन् ।

यता सभामुखमा ओनसरी घर्ती मगरलाई नै अघि सार्ने ओली–प्रचण्डवीच आन्तरिक सहमति बनेको छ। प्रचण्डलाई बरु यतिवेला पार्टीका तीन जना शीर्ष नेताहरु क्रमशः रामबहादुर थापा बादल, वर्षमान पुन अनन्त र जनार्दन शर्मा प्रभाकरको व्यवस्थापन गर्न चूनौति खडा भएको छ ।

प्रचण्ड भने यी नेताहरुमध्ये कसलाई सरकारको नेतृत्व गरेर पार्टीबाट पठाउने भन्नेबारे अहिले होमवर्क गरिरहेका छन् । पार्टीभित्र यतिवेला बादलको नेतृत्वमा जानेबारे बहस हुँदै गर्दा अर्का नेता वर्षमानले आफूले नेतृत्व गर्नुपर्ने अडान दोहोर्याएका छन् ।

तर जनार्दन पनि सरकारमा जाँदा आफूले नेतृत्व गर्न पाउनुपर्ने भन्दै अड्डी कसिरहेका छन् ।

प्रचण्डजस्तै प्रधानमन्त्री ओली पनि पार्टीभित्र नेताहरुलाई सरकारमा कसरी सहभागी गराउने ? कुन नेतालाई कुन जिम्मेवारी दिने भन्नेबारे आन्तरिक होमवर्कमा जुटेका छन् । ओली पक्षमा माधव नेपाल निर्णायक छन् । झलनाथ खनाललाई राष्ट्रपति बनाउन ओली तयार भएनन् । बरु, ओली माधव नेपाल समूहलाई व्यवस्थापन गर्न तयार छन् ।



प्रतिक्रिया दिनुहोस्