Logo

एकता हुने भयो, ओली-प्रचण्ड दुवै अध्यक्ष, प्रधानमन्त्री आलोपालो



फागुन ७, काठमाण्डौ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको सहमति जुटेको छ । नेताहरुका अनुसार आजै साँझ पार्टी एकता समायोजन समितिको बैठकमा सहमतिमा हस्ताक्षर हुनसक्छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको ‘वान टु वान’ वार्तामा पार्टी एकताको सहमति जुटेको हो ।
दुई नेताबीच पार्टीको नाम, नेतृत्व र बैचारिक राजनीतिक विषयमा सहमति जुटेको छ ।

पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहनेछ भने ओली र प्रचण्ड दुबै अध्यक्ष रहनेछन् । सहअध्यक्ष वा द्वि–अध्यक्ष के भन्ने पार्टी एकता संयोजन समितिले टुंगो लगाउनेछ ।

दुई नेताबीच आलोपालो प्रधानमन्त्री हुने सहमति जुटेको छ । तर, अवधि तोकिएको छैन ।

जनताको बहुदलीय जनवाद, २१ औं सताब्दीको जनवाद, माओवाद लगायतका वैचारिक राजनीतिक विषयलाई बहसमा लैजान दुबै नेता सहमत भएका छन् ।

दुई नेताबीच भएको सहमतिलाई अन्तिम रुप दिन साँझ ७ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस्