Logo

प्रधानसेनापति क्षत्रीद्वारा निरीक्षण



काठमाडौँ, ७ (रासस) : प्रधानसेनापति राजेन्द्र क्षत्रीले आज श्री पश्चिम पृतना हेडक्वाटरअन्तर्गत तनहँुको खैरेनीटारस्थित श्री नं ३ राजदल गणको निरीक्षण भ्रमण गर्नुभएको छ ।

निरीक्षण भ्रमणको क्रममा उहाँले उक्त गणको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उहाँ भोलि लम्जुङस्थित श्री श्रीजंग गणमा सञ्चालन भईरहेको सामूहिक तालिम इलाकाको निरीक्षण, राइनस कोतस्थित द्रव्य शाहको कोत अवलोकन तथा दोस्रो बेंसीशहर लम्जुङ महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको सेनाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्