Logo

एमाले-माओवादी निर्णायक वार्तामा उपेन्द्र यादवको प्रवेश



काठमाडौं, ७ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीचको एकता बैठक अहिले बालुवाटारमा जारी छ ।

दुई पार्टीवीचको एकता घोषणा गर्न जारी बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रवेश भएको छ । उनलाई एमाले नेता अग्नि खरेलले रिसिभ गरेका छन् ।

यादवको बालुवाटार प्रवेशलाई निकै अर्थपूर्ण रुपमा हेरिकएको छ । पछिल्लो समय यादव नेतृत्वको पार्टी पनि ओली सरकारमा सहभागी हुने हल्ला चलिरहेको छ । यादवले यो बीचमा ओली र प्रचण्डसँग गोप्य भेटवार्ताहरु गरिरहेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच हिजो भएको (६ घण्टा लामो बैठक) र आज विहान भएको तीन घण्टा वान टु वान बैठकमा एकताबारे सहमति भएको थियो ।

दुई नेताहरुवीच भएको सहमतिलाई अन्तिम रुप दिने र आजै एकता घोषणा गर्ने भन्दै अहिले प्रधानमन्त्री निवास बालुवाटारमा निर्णायक बैठक जारी छ । पत्रकार ऋषि धमलाले दिएको जानकारी अनुसार दुवै पार्टीबीच एकता गर्ने सहमति भैसकेको छ ।

नयाँ सहमति अनुसार दुवै नेता ओली र प्रचण्ड अध्यक्ष बन्ने र सरकारको नेतृत्व आलोपालो गर्ने(यद्धपी सहमतिको डकुमेन्टशन) मा उल्लेख नगर्नेगरि आजै एकता घोषणा हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्