Logo

फोटो सार्वजनिक गरेको भन्दै ओली-प्रचण्डले प्रसाईको सातो लिए



काठमाडौं, ७ फागुन । प्रधानमन्त्री निवास बालुवाटारमा जारी एमाले र माओवादी केन्द्रवीचको एकता बैठकमा एकाएक भक्तपुर निवासी एक व्यवसायी दुर्गाप्रसाद प्रसाईकोबारेमा चर्चा भएपछि नयाँ मोड लिएको छ ।

बैठकमा एकाएक हिजो दुई अध्यक्षहरुवीच भक्तपुरको एक नीजी व्यापारीको घरमा भएको छलफलको फोटो किन सार्वजनिक भयो भन्ने विषयले चर्चा पाएको छ । नेताहरुले ओली र प्रचण्डलाई उक्त फोटो सार्वजनिक गर्दा पब्लिकमा राम्रो सन्देश नगएको भनेर सम्झाएका थिए ।

लगत्तै प्रचण्ड प्रसाईलाई फोन गरेर फोटो किन सार्वजनिक गरेको भन्दै कडा रुपमा प्रस्तुत भएका थिए । ओली र प्रचण्ड दुवैले प्रसाईलाई फोन गरेर झपारेपछि उनले आफूले नभएर छोरीले फोटो हालिदिएको जवाफ दिएका थिए ।

हिजो ओली र प्रचण्डको वान टु वान बैठक प्रसाईको निवासमा भएको थियो । फोटोमा ओली र प्रचण्डसँगै प्रसाईले पनि सँगै लञ्च गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्