Logo

प्रचण्डले भने,“एकता ऐतिहाँसिक, अध्यक्ष हामी दुवै जना”



काठमाडौं, ७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको एकतालाई ऐतिहाँसिकताको संज्ञा दिएका छन् ।

एकताको लागि आज भएको प्रारम्भिक आधारपत्रमा हस्ताक्षर गरेर बाहिरिएपछि बोल्दै प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले एकतापछि पार्टीको अध्यक्ष दुवै जना –एमाले अध्यक्ष केपी शर्मा ओली र आफू) दुवै रहने पनि जनाए ।

यद्धपी उनले राष्ट्रपति, उपराष्ट्रपति र सभामुख लगायतका महत्वपूर्ण पदमा पावर शेयरसिंगबारे आज कुनै पनि छलफल नभएको स्पष्ट पारे ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा एकीकरणका प्रारम्भिक आधारहरु

१. एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने छ ।

२. पार्टीको निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद रहने छ ।

३. नेकपा एमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवाद अन्र्तगर्त अबलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा मार्फत आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्धारा नेकपा माओवादी केन्द्रको पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित् गर्ने लगायतका मान्यतामा समान धारणा रहेको स्पष्ट भएकै छ ।

४. नेकपा एमालेले अवलम्बन गरिआएको जनताको बहुदलीय जनवाद र नेकपा माओवादी केन्द्रले अबलम्बन गरिआएको माओवाद र एक्काईऔं शताब्दीमा जनवाद सम्बन्धी विषयहरुमा विधिसम्मत् छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिनेछ ।

५. उपरोक्त आधारमा टेकेर अन्तरिम राजनीतिक प्रतिवेदन एवम् अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ।

६. प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिक रुपान्तरणमार्फत समाजवादका आधार निर्माण गरिनेछ ।

७. आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनको रुपमा समझदारीका साथ भव्य रुपमा सम्पन्न गरिनेछ ।

पार्टी एकता संयोजन समितिको तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

तस्विर : मात्रिका पौडेलको फेसबुकबाट 



प्रतिक्रिया दिनुहोस्