Logo

राष्ट्रियसभाका लागि सरकारले गर्यो नयाँ नाम सिफारिस, कोको परे ?



फागुन ८, काठमाण्डौ । सरकारले राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफारिस गरेको छ । यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिसालई बदर गरेको केपी ओली नेतृत्वको सरकारले नयाँ नाम सिफारिस गरेको हो ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो ।

राष्ट्रिय सभा सदस्यका लागि वर्तमान सरकारको सिफारिसमा परेका डा. खतिवडा राष्ट्र बैंकका पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगमा दुईपटकसम्म उपाध्यक्ष रहिसकेका एमाले निकट अर्थविद् हुन् ।

रामनारायण बिडारी प्रचण्ड निकट कानुन ब्यवसायी हुन् ।

यसैगरी विमला पौडेल राई राष्ट्रिय योजना आयोगको पूर्वसदस्य हुन् । उनी एमाले समर्थक वुद्धिजिवी संगठनमा समेत थिइन् ।

अब राष्ट्रपतिले नियुक्त गरेपछि उनीहरुले राष्ट्रियसभा सदस्यमा औपचारिकता पाउनेछन् ।

देउवा सरकारले कांग्रेस कार्यकर्ता कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । तर, राष्ट्रपति कार्यालयले सो सिफारिस अध्ययन गर्न बाँकी रहेको र परामर्श गर्नुपर्ने भन्दै थन्क्याएको थियो ।

५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना हरेक प्रदेशबाट चुनिने र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ । हरेक प्रदेशबाट ८-८ जनाको दरले ५६ जना निर्वा्चित भइसके पनि ३ जना भने नियुक्त गर्न बाँकी थियो ।



प्रतिक्रिया दिनुहोस्