Logo

विवेकशील साझा पार्टीकी नेत्री रञ्जु दर्शना पक्राउ



फागुन ८, काठमाण्डौ । विवेकशील साझा पार्टीकी नेत्री रञ्जु दर्शनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नागरिकता किर्ते भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि प्रदर्शनमा उत्रिएका बेला दर्शना पक्राउ परेकी हुन् । दर्शनासहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौं अगाडि प्रधानन्यायाधिशविरुद्ध नारावाजी गरेको आरोपमा पक्राउ परेको सिंहदरबारका डिएसपी अपिल बोहोराले उनीहरुलाई पक्राउ गरिएको बताएका छन् ।

अदालतको अवहेलना मुद्दामा हाजिर हुन डाक्टर गोविन्द केसी आज सर्वोच्च अदालत पुगेका थिए । उनले सर्वोच्चमा लिखित जानकारी दिँदै आफ्नो बयान यथावत रहेको बताएका थिए । उनले न्यायाधीशको गलत निर्णयविरुद्ध अभिव्यक्ति दिँदा न्यायालयविरुद्ध अभिव्यक्ति दिएको नहुने तर्क गरेका छन् ।

केसीका समर्थकहरुले प्रधान न्यायाधीश पराजुलीविद्ध कडा नारावाजी गरेका थिए । उनीहरु जिल्ला प्रशासन कार्यालय अगाडिबाट पक्राउ परेका हुन् ।



प्रतिक्रिया दिनुहोस्