Logo

कांग्रेस नसच्चिए राप्रपा बन्ने खतरा : बास्तोला



काठमाडौं, ८ फागुन । नेपाली कांग्रेस पोखरा लेखनाथ महानगरपालिका वडा नं. १९ पुरन्चौर काँस्कीका सह–संयोजक दुर्गादत्त बास्तोलाले कांग्रेस नसच्चिए कमल थापा नेतृत्वको राप्रपा बन्ने खतरा औंल्याएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसले समयसँग चल्नुपर्ने भन्दै आफूलाई समयमै नसुधारे आगामी पाँच वर्षपछि कांग्रेस झनै कमजोर बनेर कमल थापाको राप्रपा बन्ने खतरा औंल्याए । उनले पार्टीको मुल नेतृत्व सच्चिनुपर्ने धारणा राखेका छन् ।

उनले भने,‘कांग्रेसको केन्द्रदेखि स्थानीय तहसम्मको नेतृत्व सच्चिनुपर्छ, आफ्नो कमजोरी र गल्तिलाई स्विकार गर्नुपर्छ, समयको गतिसंग चल्न सक्नुपर्छ तर  समयसँग चल्न नसकेरै कांग्रेस निवार्चनमा पराजित हुनुपर्यो ।’

बास्तोलाले भने,‘म राजधानी आएको ३८ दिन भयो हिजोमात्रै सभापति शेरबहादुर देउवालाई भेट्न पाएँ, प्रवक्तालाई एकदिन भेटेको थिएँ त्यसपछि उहाँको फोन उठ्न छोडेको छ, हाम्रो पार्टीभित्रका गुटहरु एकदमै अव्यबहारिक छन्, सृजनात्मक समुह बन्नुपर्छ, जसले पार्टीलाई गतिशिल बनाउनमा सहयोग पुर्याओस।’
उनले कांग्रेसलाई प्रभावकारी बनाउनको लागि भन्दै केही सूत्रहरु पनि सार्वजनिक गरेका छन् । पार्टीमा निरन्तरताको क्रमभंगता हुनुपर्ने, साधान-स्रोतको उचित उपयोग गर्नुपर्ने, समयको महत्व बुझ्नुपर्ने, सकारात्मक नमूना प्रस्तुत गर्नुपर्ने, आगामी पाँच वर्षभित्र नमुना कांग्रेस बनाउनुपर्ने लगायका सुझावहरु अघि सारेका छन् ।

उनले भने,‘विगत लामो समयदेखि मन्त्री बनेका र अवसर पाएकाहरुलाइै नै पार्टीले प्राथमिकतामा राख्नु, समयको गतिसँग चल्न नसक्नु, अव्यवहारिक गुट जन्मिनु लगायतका कारणहरुले पार्टी कमजोर बनेको छ, आजकै दिनबाट हामी आँफैबाट सुर्धिने हो भने आगामी पाँच वर्षमा पहिलो पार्टी बन्नेमा कसैले रोक्न सक्दैन, तर यही हालतमा बसेर कांग्रेस–कांग्रेस भनिरहने हो भने कमल थापाको राप्रपा बन्छ ।’

उनले अघि थपे, ‘कांग्रेस १९९३ सालदेखि प्रजातन्त्र र लोकतन्त्रको लागि विशेष योगदान दिँदै आएको पार्टी हो, ठूल–ठूला क्रान्ति र उपलब्धिहरुको नेतृत्व गर्छ तर जस लिन सकेन, आजको दिनमा कांग्रेसप्रति जनताको हेर्ने नजर बद्लिएको छैन्, नेतृत्वले जनतालाई हेर्ने नजर बद्ल्न सकेन, अरु शक्तिहरुको महत्वकांक्षा र कांग्रेसको रणनीति कमजोर बनेको स्थितिमा कांग्रेस पछि परेको छ, २०२८ सालमा हिंसाको दलदलमा फसेको एमाले र ०५२ सालमा जंगल पसेको माओवादी केन्द्रलाई शान्तिपूर्ण मार्गमा ल्याएको कांग्रेस आफूलाई हिमायती सम्झिन्छ तर केही नगरेर बस्छ कहाँबाट जनमतको लहर सिर्जना हुन्छ ?’

पार्टीभित्र पारदर्शिताको अभाव खड्केको बताउँदै उनले भने,‘कांग्रेसभित्र पारदर्शिता छैन्, आग्रह र पूवाग्रहको आधारमा पार्टी चलाउन खोजिएको छ, यस्तो प्रवृतिले कसैको भलो गर्दैन, महामानव विपीले परिकल्पना गरेको प्रजातान्त्रिक समाजवादको मुल मर्म र गन्तब्यलाई नजरअन्दाज गरिनु, पार्टीका अवलम्बन गर्नुपर्ने विभिन्न नीतिहरु जस्तै अर्थनीति, पराष्ट्र, उद्योग, जलस्रोत, कृषि, युवा, पर्यटन आदि नीतिहरुमा प्रष्टता नभएको, रणनीतिमा फेल भएको महसुस कांग्रेसले गर्नुपर्छ, पार्टीभित्र मूल्याङकन गर्ने संस्थागत परिपाटी नै सुरु भएको छैन, अुनशासनको कुनै घेरा छैन्, श्रमभन्दा ढोगींमा विश्वास गर्ने नेतृत्वबाट हामीले कस्तो खाले अपेक्षा राख्ने ? नीतिको आधारमा नेतृत्व चयन गर्नुपर्छ।’

उनले सफल रुपमा निर्वाचन गरेर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको कार्यान्वयन गरेकोमा सभापति शेरबहादुर देउवालाई धन्यवाद दिँदै भने,‘उहाँले आफ्नो पार्टी हार्ने सूचना हुँदाहुँदै पनि निर्वाचन सम्पन्न गर्नुभयो, यसमा उहाँलाई धन्यवाद छ, कांग्रेसले चुनाव हार्नुलाई आफूलाई सुधार गर्ने अवसरको रुपमा लिनुपर्छ, अहिले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभएको छ, उहाँलाई धेरै बधाई छ, उहाँले जप्दै आएको सुशासनको अभियान सफल होस्, मुलुक समृद्ध बन्ने एउटै आधार आर्थिक पारदर्शीता हो, त्यो काम उहाँले गर्नुहोला, म ओली, प्रचण्ड र बाबुरामलाई भेटेर पनि केही कुरा गर्ने पक्षमा छु।’

बास्तोलाले अरुलाई बनाएर आफू बन्ने मानिस संसारमा थोरै हुने भन्दै आफू अरुको भलाई चाहने व्यक्ति भएकोले पार्टी हितका लागि सबैसँग बहस गर्ने बताएका छन् । मलेसिया, चीन, भारत लगायतका देशहरु छोटो समयमा विकसित बनेको बताउँदै उनले आफुसँग देश विकासको सूत्र रहेको जिकिर गरे ।

उनले भने,‘हामी धेरै टाढा जानुपर्दैन, मेलेसिया डा. महावीर माथिरले बनाए, उनी २० वर्ष प्रधानमन्त्री बनेका थिए, उनको देशले हाम्रो देशबाट कामदार दिन्छ, ईच्छाशक्ति हुने हो भने मुलुकको विकास सम्भव छ ।’

बास्तोला ‘युवामाथिको अभिाभारा, बाँचो खेतबारी हराभरा’ भन्ने अभियानका साथ आफ्नै गाउँमा हिमालयन कृषि उत्पादन केन्द्र नामक अर्गानिक फार्मका सञ्चालक र भेडाबाख्रापालक कृषक व्यवसायी महासंघका केन्द्रि उपाध्यक्ष समेत हुन् । उनी पृथ्वीनारायण क्याम्प्समा राजनीतिक शास्त्रका स्नातकोत्तर तहमा तहका टपर हुन् ।



प्रतिक्रिया दिनुहोस्