Logo

एमाले-माओवादीले बनाए दुई कार्यदल, (को–को) छन् ?



काठमाडौं, फागुन ८ : सोमबार राति पार्टी एकता बैठकमा भएको सहमतिबारे जानकारी दिँदै माओवादी नेता नारायणकाजी श्रेष्ठ। तस्बिर: नारायण महर्जन/सेतोपाटी

नेकपा एमाले र माओवादी केन्द्रले नयाँ पार्टीको संगठन र अन्तरिम विधान बनाउन दुई कार्यदल बनाएका छन्। सोमबार राति पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर गरेपछि दुई दलले संगठन र अन्तरिम विधान प्रतिवेदनसम्बन्धी कुरा टुंग्याउने कार्यदल बनाएको हो।

संगठन निर्माणसम्बन्धी कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, बेदुराम भुषाल र रघुविर महासेठ सदस्य छन् भने माओवादीबाट रामबहादुर थापा ‘बादल’, गिरिराजमणि पोखरेल, वर्षमान पुन, मातृका यादव र जनार्दन शर्मा सदस्य छन्।

त्यस्तै पार्टीको अन्तरिम विधान बनाउन अर्को कार्यदल बनेको छ। सो कार्यदलमा एमालेबाट माधवकुमार नेपाल, भीम रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र रघुजी पन्त सदस्य छन्। माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुषाल र देवेन्द्र पौडेल सदस्य छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot