Logo

अन्ततः देउवासँग भीड्ने नै भए सशांक



काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले संसदीय दलको नेताको लागि सभापति शेरबहादुर देउवासँग प्रतिष्पर्धा गर्ने भएका छन्

यसअघि महामन्त्री कोइरालाले आफू सर्वसम्मतीमा मात्रै दलको नेता बन्न ईच्छुक रहेको सार्वजनिक रुपमा बताएका थिए । तर, उनलाई पार्टीभित्रकै प्रभावशाली नेताहरुले देउवासँग प्रतिष्पर्धा गर्न सुझाव दिएपछि उनी अघि सर्ने बुझिएको हो ।

देउवाको नेतृत्वमा कांग्रेसको संगठन ध्वस्त भएको र चुनावमा पनि लज्जास्पद पराजय व्यहोर्नुपरेको उनी निकटका नेताहरुले आरोप लगाउँदै आएका छन् ।

त्यतिमात्रै होईन, अहिले सशांक खेमाका प्रभावशाली नेताहरु त सभापतिबाट देउवालाई तत्काल हटाउनुपर्छ भन्ने पक्षमा पुगिसकेका छन् ।

स्रोतले दिएको जानकारी अनुसार सशांक पनि तत्काल विशेष महाधिवेशन बोलाउनुपर्ने पक्षमा पुगिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्