Logo

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल परिसरमा बृक्षारोपण



काठमाडौं, ९ फागुन  : काठमाडौंको टोखा धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल परिसरमा आज बृक्षारोपण कार्यक्रम गरियो ।

अस्पतालका अध्यक्ष इ. दिपक कुँबर ज्यूको प्रमुख आतिथ्यमा भएको बृक्षारोपण कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे अस्पतालका सिइओ डा. अशोक बर्धन चोर्डिया तथा नर्सिङ डाइरेक्टर एल डी महर्जन तथा इन्जिनियरिङ बिभागका प्रमुख अजिव बरसिंह थापा लगायतले बृक्षारोपण गर्नुभएको थियो ।

अस्पताललाई अझ सुन्दर र हराभरा बनाउने उद्देश्यले बृक्षारोपण गरीएको र यसले पर्यावरण जोगाउन समेत सहयोग गर्ने अस्पतालका अध्यक्ष इ. दिपक कुँवरको भनाई छ । वृक्षारोपणले मानव जीवनलाई सहज बनाउने र सम्पूर्ण जैविक विविधता संरक्षणमा समेत समेत टेवा पुर्याउने उहाँको बिश्वास छ ।

अस्पताल परिसरमा गरिएको बृक्षारोपण अत्यन्त महत्वपूर्ण रहेको जिकीर गर्दै अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले फलफुल तथा बिभिन्न रुखका विरुवा अस्पताल परिसरमा रोपेर सम्झनयोग्य कार्य गरेको बताउनुभयो । बाँचुन्जेल चाहिने अक्सिजन प्रदान गर्ने र कार्वन भण्डारणदेखि भूसंरक्षणसम्मका काम गर्ने वृक्षको महत्व मानव जीवनका अपरिहार्य रहेको उहाँको तर्क छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल परिसरको पछाडिपट्टी रहेको खाली जग्गामा तीनपटक बृक्षारोपण गरिसकीएको छ । हालसम्म अस्पताल परिसरमा अमला, ओखर, धुपि, देवदार, पैंयुँ, कपुर, कल्की, बयस, चाप, बेगमबेली, लालपाते, असारे, जवा कुसुम, अनार, अम्बा, लप्सी, नासपाती, आरुबखडा, आरु, किबी, सुन्तला, एभोकाडो, हलुवावेद, भोगटे लगायतका लगभग ५५० वटा भन्दा बढी रुख फूल तथा फलफुलका विरुवा रोपि सकिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्