Logo

प्रदेश नं ३ लाई जस्तोसुकै सहयोग गर्न अष्ट्रेलिया तयार छ : राजदूत बड



हेटौंडा,  ९ फाल्गुन । केन्द्रीय राजधानीसहितको प्रदेश नम्बर ३ लाई समृद्ध र विकसित बनाउन आवश्यक पर्ने सबै किसिमको सहयोग गर्न अष्ट्रेलिया तयार रहेका नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले जनाएका छन् ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडामा भएको भेटवार्तामा अष्ट्रेलिया र प्रदेश नम्बर ३ बीच सहकार्य गर्ने विषयमा छलफल भएको बताइएको छ ।

मुख्यमन्त्री पौडेलले अष्ट्रेलियाले नेपाललाई गर्दै आएको सहयोगको प्रशंसा गर्दै केन्द्रीय सरकारले देशका प्रत्येक स्थानीय तहमा प्राविधिक जनशक्ति उत्पादन गर्नका लागि प्राविधिक शिक्षालय स्थापना गर्न अष्ट्रेलिया सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए ।

उक्त अवसरमा राजदूत बडले संघीय नेपालको पहिलो मुख्यमन्त्री बन्न सफल भएकोमा पौडेललाई बधाई दिए । भेटमा प्रदेश नम्बर ३ का मुख्य सचिव रेश्मीराज पाण्डेको पनि सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot