Logo

स्वास्थ्य बीमा प्रवद्र्धनमा नेपाल मेडिसिटी र मेटलाईफ



ललितपुर, ९ फागुन । नेपालीहरुलाई स्वास्थ्य बीमाप्रति जागरुक बनाई स्वास्थ्य सेवालाई शुलभ रुपमा प्राप्त गर्न नेपाल मेडिसिटी र मेटलाईफ इन्स्योरेन्सले सहकार्य गर्ने भएका छन् ।

आज एक समारोहका बीच नेपाल मेडिसिटी हस्पिटलका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयराम र मेटलाईफ इन्स्योरेन्सका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

विश्वका अधिकांश देशहरुलाई स्वास्थ्य बीमाको प्रचुर उपयोगले आमजनताहरुले स्वास्थ्यमा ढुक्क हुने अवस्था रहेको र अब नेपालमा सेवाका क्षेत्रमा उल्लेख्य लगानी, विकास र प्रवद्र्धन हुने आफूले आंकलन गरेको हुंदा स्वास्थ्य बीमा कार्यक्रमका माध्यमबाट सबै नेपालीहरुलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा लागेको नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले बताउनु भयो ।

नेपालमा अझ पनि स्वास्थ्य बीमा प्रति जागरुकता आई नसकेकोले स्वास्थ्य सेवा सर्वसुलभ हुन नसकेकोले अब नेपालमा सरकारी तथा गैह्रसरकारी सबै स्वास्थ्य स्वास्थ्य संस्थाहरुले यसको प्रवद्र्धन गरी गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुंच बढाउनु पर्ने नेपाल मेडिसिटीका अस्पताल निर्देशक प्रा.डा. सुनिल कुमार शर्माले बताउनु भयो ।

नेपाल मेडिसिटी ७ सय ५० शैयाको अन्तर्राष्ट्रिय अस्पताल, नेपालीहरुको स्वास्थ्यको लागि भरपर्दो गन्तब्यको रुपमा रहेको र यसका सेवाहरु आम नेपालीहरुले धान्न सक्ने भएकोले अब नेपालीहरु उपचारका लागि विदेश जानु नपर्ने नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले बताउनु भयो ।

स्वास्थ्य सेवालाई सुलभ बनाउने क्रममा नेपाल मेडिसिटी अस्पतालले साझेदारी अभियान अन्तर्गत नेपालका विभिन्न अस्पताल तथा सहयोगी संस्थाहरुसंग साझेदारी कायम गर्दै सबै संस्थाहरुको क्षमता अभिबृद्धि लगायतका कार्यक्रमहरुलाई पनि निरन्तरता दिई रहेको अवस्था छ ।

अब नेपालीहरुले मेटलाईफका विभिन्न स्वास्थ्य बीमा प्याकेजहरुमा आबद्ध भई नेपाल मेडिसिटी अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको सेवाहरु सहज रुपमा उपलब्ध हुने उहांले बताउनु भयो ।



प्रतिक्रिया दिनुहोस्