Logo

राष्ट्रपतिविरुद्ध तरुण दल सडक आन्दोलनमा (फोटोफिचर)



काठमाडौं, ९ फागुन। नेपाली कांग्रेसको युवा संगठन तरुण दलले राष्ट्रपतिविरुद्ध सडक आन्दोलन चर्काएको छ ।

बुधबार उनीहरुले राष्ट्रपति कार्यालय शितल निवास बाहिर प्रदर्शन गरेका छन् । राष्ट्रियसभा सदस्यका लागि देउवा सरकारले गरेको सिफारिस स्वीकृत नगरी केपी ओली सरकारको सिफारिस सदर गरेपछि तरुण दलले आन्दोलन चर्काएको हो ।

कांग्रेस नेतृत्वको सरकारले गरेको सिफारिस वेवास्ता गरी असंवैधानिक तरिकाले सक्रिय हुन खोजेको तरुण दलले आरोप लगाएको छ । राजनीतिक पूर्वाग्रहबाट ग्रसित भइ दलीय आस्थाको घेराभित्र बसेर राष्ट्रपतिले काम गरेको उसले बताएको छ ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्