Logo

स्पेनिस लिग फुटबलमा रियाल मड्रिड विजयी



काठमाडौं, १० फागुन । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले लेगानेजलाई ३-१ ले हराएको छ । लेगानेजको मैदानमा गएराति भएको खेलको छैटौं मिनेटमा बुस्टिन्जाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिए । तर ११ औं मिनेटमा लुकास भाज्क्वेजले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

२९ औं मिनेटमा कासामेरोले गोल गरेपछि रियालले पहिलो हाफमा २–१ को अग्रता लियो । दोस्रो हाफमा पाएको पेनाल्टीलाई गोलमा बदल्दै सर्जियो रामोसले रियाललाई ३-१ ले विजयी गराएका हुन् ।

जितसँगै रियालले तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी १४ अंकमा सिमित गरेको छ । २४ खेलबाट रियाल मड्रिडको ४८ अंक छ भने दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ५५ तथा शीर्ष स्थानको बार्सिलोनाको ६२ अंक छ । एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्