Logo

म्यान्चेस्टर युनाईटेड र सेभियाले बराबरी खेले



काठमाडौं, १० फागुन । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभियाले इङ्ल्यान्डको म्यान्चेस्टर युनाईटेडलाई बराबरीमा रोकेको छ ।

स्पेनमा गएराति भएको प्रि क्वाटरफानइनल पहिलो लेगको खेलमा सेभियाले म्यान्चेस्टर युनाईटेडलाई गोलरहित बराबरीमा रोकेको हो । खेलमा दुवै टोलीले बनाएका अवसरहरुलाई गोलमा परिणत गर्न नसक्दा बराबरीमा चित्त बुझाउनुपरेको हो ।

गएराति भएको अर्को खेलमा युक्रेनको शख्तरले ईटालीको एएस रोमालाई २-१ ले हरायो । युक्रेनमा भएको खेलमा घरेलु टोली शख्तरलाई विजयी गराउन फाकुन्डो फरेरा र फ्रेडले एक एक गोल गरे ।

पाहुना टोली रोमाका लागि सेन्गीज उन्डरले पहिलो गोल गरेका थिए । गएरातिका खेलसँगै युरोपियन च्याम्पियन्स लिग फुटबलका प्रि क्वाटरफाईनल पहिलो लेगका खेल सकिएका छन् ।एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्