Logo

(एमबिएस) दोस्रो वर्षको परीक्षाफल प्रकाशित



काठमाडौँ, १० फागुन (रासस) : त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७४ कात्तिक/मंसिर महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले बुधबार जनाए अनुसार उक्त परीक्षाको परीक्षाफल वेबसाइट www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिनेछ । नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ भने MBS (space) Roll Number टाइप गरी ३४९४९ मा एसएमएस पठाई प्राप्तांक प्राप्त गर्न सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्