काठमाडौं, १० फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय बाँडफाँड भएको छ ।
एमालेको भागमा ७ मन्त्रालय परेका छन् भने माओवादी केन्द्रको भागमा ७ मन्त्रालय परेको कार्यदलका सदस्य माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
एमालेको भागमा परेका मन्त्रालयहरुमा अर्थ तथा योजना, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना सञ्चार
कानुन, न्याय तथा संसदीय मामिला, पर्ययन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या ।
त्यस्तै माओवादीको भागमा परेका मन्त्रालयहरुमा गृह, जलस्रोत तथा ऊर्जा, उद्योग, वाणिज्य तथा आपूर्ति, शहरी विकास, आवास खानेपानी तथा सरसफाइ
वन तथा वातावरण, कृषि, सहकारी तथा भूमि व्यवस्थापन,श्रम तथा रोजगार तथा महिला बालवालिका रहेका छन् ।