Logo

श्रीमतीलाई मन्त्री बनाइदिन आग्रह गर्दै मोहनविक्रम पुगे प्रचण्ड–ओलीकहाँ



फागुन ११, काठमाण्डौ । नेकपा मसालका महासचिव मोहनविक्रम सिंहले आफ्नी श्रीमती दुर्गा पौडेललाई मन्त्री बनाइदिन लबिङ सुरु गरेका छन् ।

प्रतिनिधिसभामा प्युठानबाट निर्वाचित श्रीमती पौडेलको मन्त्री बन्ने चाहना रहेको भन्दै सिंह प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमक्ष आग्रह गर्न पुगेका हुन् ।

एमाले माओवादीसँग गठबन्धन गरेर श्रीमतीलाई चुनाव जिताउन सफल सिंहले आफ्नो अन्तिम इच्छा भन्दै श्रीमतीलाई मन्त्री बनाइदिन आग्रह गरेका हुन् ।
२०५७ सालमा पार्टीकै कार्यकर्ता दुर्गा पौडेलसँग ६५ वर्षको उमेरमा सिंहले विहे गरेका थिए ।

भर्खरै सम्पन्न प्रतिनिधिसभामा प्युठानबाट चुनाव लडेकी पौडेलले कांग्रेका उम्मेदवार गोविन्द पोखरेललाई पराजित गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्