Logo

एमालेमा मन्त्री छान्ने जिम्मा ओलीलाई, फोरम र राजपासँग पनि छलफल गर्ने



फागुन ११, काठमाण्डौ । नेकपा एमालेका तर्फबाट सरकारमा सहभागि हुनेहरुको अन्तिम छनौट पार्टी अध्यक्ष केपी ओलीले नै गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई मन्त्रीका लागि पार्टीभित्रका सासंद छान्ने अधिकार दिइएको हो ।

स्थायी कमिटीको शुक्रवार बालुवाटारमा बसेको बैठकले माओवादी तथा मधेशवादी दलहरुसँग समेत छलफल गरेर मन्त्रिपरिषद विस्तार गर्ने जिम्मा ओलीलाई दिएको हो ।

एमालेले वाम गठबन्धनको बहुमत भए पनि दुई तिहाई बहुमतसहितको सरकार गठन गर्न मधेशवादी दललाई पनि मन्त्रिपरिषदमा सामेल गर्न ओलीलाई अभिकार दिइएको छ ।

अब ओलीले माओवादी, संघीय समाजवादी फोरम र राजपासँग छलफल गर्नेछन् । तीन दलसँग छलफल गरेर एउटा निष्कर्षमा पुगेपछि मन्त्रिपरिषदलाई पूर्णता दिने बताइएको छ ।

पार्टीभित्रबाट मन्त्री छनोट गर्ने सन्दर्भमा प्रधामन्त्रीले स्थायी कमिटीका नेताहरुसँग राय परामर्श भने लिनेछन् । एमालेले भूगोल, पार्टीभित्र योग्यता क्षमता र समावेशीता मिलाएर मन्त्रीहरुको छनौट गर्ने बताएको छ ।

प्रधानमन्त्रीले गठबन्धनमा सहभागी माओवादीसहित अन्य पक्षसँग छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद विस्तार भने आइतबारसम्म रोकिएको छ ।
यसअघि हिजै–आजै मन्त्रीपरिषद विस्तार हुने दाबी एमाले–माओवादीका नेताहरुले गर्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्