Logo

माओवादीसँग एकता हुन लागेको भन्दै एमालेले रोक्यो कमिटी र जनवर्गीय संगठनका अधिवेशन तथा सम्मेलन



फागुन ११, काठमाण्डौ । माओवादीसँग पार्टी एकता प्रक्रिया चलिरहेको भन्दै नेकपा एमालेले पार्टी कमिटी र जनवर्गीय संगठनका अधिवेशन तथा सम्मेलन गर्न रोक लगाएको छ ।

पार्टी स्थायी कमिटीको शुक्रबारको बैठकले पार्टी एकता प्रक्रिया शुरु भएको भन्दै पार्टी र भातृ संगठनका अधिवेशन, सम्मेलन लगायत नेतृत्व चयनका सबै प्रक्रियामा रोक लगाएको हो ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गर्ने निर्णय भइसकेको छ ।
कतापछि सबै कमिटी तथा जनसंगठनमा तदर्थ कमिटी बनाउनुपर्ने भएकाले मिति तोकिएका अधिवेशन पनि गर्न नपाइने गरी रोक लगाइएको हो ।

अब दुई पार्टी एकीकरण गरेपछि सबै ठाउँमा तदर्थ कमिटीहरु बन्नुपर्ने भएकाले यस्तो निर्णय गरिएको हो ।

अधिवेशनहरु रोकिए पनि पार्टीका आन्तरिक गतिविधिहरु भने यथावत अघि बढ्ने छ । पार्टी सदस्यता शुुद्धिकरण, सदस्यता विस्तार, पार्टीका भेला, बैठक, प्रशिक्षणजस्ता आन्तरिक गतिविधि यथावत रहनेछन् ।

स्थायी कमिटी बैठकले एमाले र माओवादीबीच पार्टी एकताका सन्दर्भमा भएको ७ बुँदे सहमतिलाई ग्रहण गर्दै अनुमोदन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्